Annual Maintenance Charge Payment/वार्षिक सञ्चालन शुल्क बुझाउने बारे अत्यन्त जरुरी सूचना

हितग्राही खाता (BO Account)

वार्षिक सञ्चालन शुल्क बुझाउने बारे अत्यन्त जरुरी सूचना

यस गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडमा हितग्राही खाता खोल्नु भएका सम्पूर्ण हितग्राहीहरुले आ.व. २०७५/७६ को हितग्राही खाता सञ्चालन गरे बापत भुक्तानी गर्नुपर्ने वार्षिक शुल्क रु १००/– (अक्षरुपी रु. एक सय मात्र) का दरले मिति २०७५ श्रावण मसान्त भित्र उक्त शुल्क गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड, पुल्चोक गुहेश्वरी भवन ललितपुर वा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड को शाखा कार्यालयमा सम्पर्क गरी भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ । तोकिएको समयावधि भित्र वार्षिक शुल्क भुक्तानी नभएमा हितग्राहीहरुको हितग्राही खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि निष्कृय गरिने व्यहोरा जानकारी गराउँदछौं ।
साथै “मेरो शेयर” को सेवा लिइरहनु भएका हितग्राहीहरुले सो सेवा लिएको मितिले एक वर्षको अवधिभित्र नविकरण गरि सक्नुपर्ने र सो समयावधि भित्र नविकरण नभएमा उक्त सेवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट नै स्वतः बन्द हुने भएको हुँदा वार्षिक नविकरण शुल्क समयमा नै भुक्तानी गरि “मेरो शेयर” सेवालाई सुचारु गराउनु हुन समेत जानकारी गराउँदछौं ।
 
 
 
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.
केन्द्रीय कार्यालयः गुहेश्वरी भवन,पुल्चोक,हरिहर भवन,ललितपुर ।
फोनः ०१–५५५०४०६,५५३७४०७, फ्याक्सः ०१–५५३६१६९
E-mail: gmbf@gmbf.com.np / Web: www.gmbf.com.np